देउवाको साथ खोज्दै प्रचण्ड, पाएनन् स्पष्ट जवाफ




काठमाडौं, चैत्र १८
ननयाँ सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको रानीतिक सक्रियता बढेको छ। सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने घोषणासंगै उनी सक्रिय भएका हुन् ।

यसैबीच मंगलबार प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

देउवा र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी भएको थियो। सो भेटमा प्रचण्डले देउवालाई सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको थियो।

देउवा निकट स्रोतका अनुसार प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गर्दै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको थियो।

यद्यपी वर्तमान सरकारको विकल्प खोज्ने विषयमा देउवाले प्रचण्डलाई स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ। देउवाले अहिले कांग्रेसको प्राथमिकतामा सरकार नरहेको र कांग्रेसले सरकारको नेतृत्व गर्ने परिपक्व समय नभइसकेको जवाफ दिएका थिए।

देउवालाई भेटे लगत्तै प्रचण्ड जनता समाजवादीका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईलाई भेट भट्टराई निवास टोखा पुगेका थिए।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ ।

नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ।

सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र विवाद छ। पूर्व राजपा समूह वर्तमान सरकारप्रति सकारात्मक देखिएको छ। तर, पूर्व समाजवादी पार्टीले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छ।

तर सरकारले जसपाको माग सम्वोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि जसपाको एउटा समूह सरकारप्रति सकारात्मक छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News