एमाले प्रवेश गरेका माओबादी साँसद बोहरा पदमुक्त




धनगढी, वैशाख ६
माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित झपटबहादुर बोहरा पदमुक्त भएका छन्। उनले माओवादी केन्द्र दल त्याग गरेकाले उनको प्रदेश सभा सदस्य पद खोसिएको हो।

बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रदेशसभा नियमावली २०७४ बमोजिम उनी प्रदेश सभा सदस्य पदमा नरहेको सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।

बोहरा अछाम १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनी पछिल्लो समय एमालेको केन्द्रीय सदस्य बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News