चिकित्सक भन्छन्, ‘लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ’




काठमाडौं, वैशाख ७
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् । 

कोरोना संक्रमण सम्बन्धमा अन्तर्राष्ट्रि रुपमा नै गहन अध्ययन गर्दै आइरहेका विज्ञ डा। रमेशकुमार आचार्यले नेपालमा युके भेरियन्ट र ब्राजिलियन एपी वान इन्फेक्सन भाइरस भित्रिसकेकाले स्थिति अझै भयावह भएर जान सक्ने भन्दै सचेत र सतर्क रहन सबैलाई आग्रह गरेका छन् । 

‘नेपालमा ब्राजिल, युके र इन्डियाको नयाँ भेरियन्ट भित्रिसकेको छ र समुदायमा फैलिसकेको छ त्यसैले आगामी दिन झनै जटिल र भयावह बन्न सक्ने देखिन्छ ।’ विज्ञ डा। आचार्यले भने। राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News