खनाल-नेपाल समुह राजीनामा दिने तयारीमा



काठमाडौँ, वैशाख २७
नेकपा एमालेको खनाल-नेपाल समुहले आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।

‘अव हामी कुर्दैनौ । सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो । ’

खनाल नेपाल समुहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामुहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News