देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै



काठमाडौं, वैशाख ३० 
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ।’

देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ । मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए ।

देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।

देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News