सवारी दुर्घटनामा भाेजपुरका एक शिक्षकको मृत्यु



pirthiman-raiभोजपुर, कार्तिक १२

धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको पिकअप भ्यान आज साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ । पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राईको घटनास्थलमै मृत्यु भएको स्थानीय विशाल राईले जानकारी दिए ।

दुर्घटनामा उहाँकी पत्नीसहित पाँच जना यात्रु घाइते भएका छन् । धरानमा उपचार गरेर घर फर्किने क्रममा शिक्षक राईको दुर्घटनामा मृत्यु भएपछि भोजपुर शोकमग्न भएको छ ।

भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News