यी ५ कम्पनीको आईपीओ निष्कासन हुँदै


 


काठमाडौं, माघ ७
शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।

बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्