सेयर बजारमा हरियाली, यी हुन् सबैभन्दा धेरै कमाउने कम्पनी



काठमाडौं, माघ १६
पहिलो दिन आज सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १०५.५५ अंकले बढेर २८८५.५३ विन्दूमा पुगेको छ।

दिनभरीमा २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ सेयर किनबेच हुँदा जम्मा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। त्यसमध्ये, सबैभन्दा धेरै विकास बैंकको ६.५६ अंक, इनभेस्टमेन्टको ६.३६ अंक र फाइन्यान्सको ६।३४ अंकले बढेको छ।

आज विन नेपाल लगुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी र निफ्राको सेयर १० प्रतिशतले बढेको छ। बुद्धभूमी हाइड्रोपावर कम्पनी सेयर आज ९.९९ प्रतिशतले बढेको छ।

आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २६ करोड १५ लाख १६ हजार १३४ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको हो।

त्यस्तै, एनटिसीको २३ करोड ६२ लाख ९ हजार ३०८ रुपैयाँ ५० पैसा, हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्मेन्ट एन्ड डेभ्लप्मेन्टको २३ करोड ३ लाख ९८ हजार ३७६ रुपैयाँ ८० पैसा, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख ३६ हजार ५०१ रुपैयाँ १० पैसा र अपर तामाकोशी हाइड्रोपावरको १४ करोड ११ लाख ७० हजार ३४१ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News