राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, भर्ने होइन ?



काठमाडौं, फागुन ४
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता आईपीओको ल्याएको छ ।
सेयर फागुन ४ देखि ८ गतेसम्म थोरैमा १० कित्तादेखि धेरैमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले ल्याएको आईपीओ मध्ये ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।

कम्पनीको हाल चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ आईपीओ बाँडफाँड पनि पुँजी वृद्धि भई २६ करोड रुपैयाँ हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News