सात प्रतिशत पनि नकट्ने माओवादी अब कहिल्यै पार्टी बन्दैन



पुरञ्जन आचार्य
२०६४ सालमा माओवादी केन्द्रले संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ १२० सीट जितेको थियो। २०६४ सालमा ३० प्रतिशतबाट २०७४ मा १२ प्रतिशतमा खुम्चियो।

अबको चुनावपछि माओवादीको कुल मत प्रतिशत एक डिजिटमा झर्छ। मेरो विचारमा माओवादीको सात प्रतिशत कट्छ जस्तो चाहिं लाग्दैन। मैले यो कुरा आधार सहित भनेको हुँ।

यसअघिको चुनावमा १०६ वटा पालिकामा माओवादीले जितेको थियो। त्यसमा अधिकांश अरू पार्टीले सहयोग गरेर जितेको हो। त्यति वेला कांग्रेसले मात्रै होइन, एमालेले पनि मद्दत गरेको थियो।

पार्टी निर्माणको हिसाबले पुष्पकमल दाहालले आफ्नो जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती भनेकै पहिलो स्थानीय निर्वाचन एक्लै नलड्नु हो। माओवादी अब कहिल्यै पार्टी बन्दैन।

२०७४ को चुनावमा एक्लै लडेर जम्मा २५ सीट जितेको भए पनि यो चुनावमा माओवादीका लागि राम्रो हुन्थ्यो। ७५३ पालिकामै माओवादी कार्यकर्ता हुन्थे। ७५३ मध्ये ५०० पालिकामा माओवादीको संगठन छ जस्तो लाग्दैन। हिमाल खबरबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News