बाग्मती गाउँपालिका अध्यक्ष लोप्चन आफ्नै गाडी भाडामा लिएर आफैं चढ्ने



काठमाडौं, वैशाख ८
बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।

गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४/७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । सवारी मोडेल, च्यासिस नम्बर, बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।

‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको ?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News