नयाँ पार्टी कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले


 


काठमाडौं, वैशाख ९
नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसारआज नै थापाथलीमा रहेको पार्टी कार्यालय औपचारिकरुपमा स्थानान्तर हुनेछ । पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सर्नेछ ।

सोही स्थानमा आजै भव्य कार्यक्रम आयोना गरी घोषणा पत्र सार्वजनिक गरिने उनले बताए ।

कार्यक्रममा कम्युनिस्ट यद्धाहरुलाई सम्मान गरिनेछ। एमालेले १७ जन कम्युनिस्ट योद्धाहरुलाई सम्मान गर्ने जनाएको छ। सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्