भरतपुरमा भागबन्डा टुंगियो, कसले कति वटा पाए वडा ?



भरतपुर, वैशाख ११
सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा टुंगिएको छ ।

कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ ।

सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेृतृत्वको नेकपा माओवादी केन्द्रलेले पाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News