अब हतुवागढी, सिद्दकाली र याेगमायकाे तस्बिर हुलाक टिकटमा


 


siddakali-mandirकाठमाडाैं, मंसिर २

हुलाक सेवा विभागले भाेजपुरका तीन वटा प्रशिद्द ठाउँ र व्यक्तिका हुलाक टिकट प्रकाशनमा ल्याएकाे छ । हतुवागढी, सिद्दकाली मन्दिर र याेगमाय तस्बिर अंकित टिकट प्रकाशनमा ल्याएकाे हाे ।

हतुवागढीकाे टिकट यसअघि प्रकाशनमा अाएकाे थियाे भने सिद्दकाली र याेगमायकाे टिकटमा बुधबार टाँचा लगाइएकाे हाे ।  राजनीतिज्ञ बलबहादुर राई, समाज सुधारक देव शम्शेर जबरा, नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव र ऐतिहासिक माझ किरातको राजधानी हतुवागढी, भोजपुरको तस्बिर अङ्कित ती टिकटलाई विभागले प्रकाशन गरेको हो ।

त्यस्तै सहिद लखन थापा, समाज सुधारक योगमाया न्यौपाने, प्रजातान्त्रिक योद्धा महेन्द्रनारायण निधि, रुपन्देहीको पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाम, सिन्धुलीको कुशेश्वर महादेव, काठमाडौँस्थित चन्दन भराटेश्वर महादेव, चन्द्रगिरिस्थित मत्स्यनारायण मन्दिर र भोजपुरको सिद्धकालीन मन्दिरको टिकटमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बुधबार टाँचा लागाएका हुन् ।

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीका अनुसार अहिलेसम्म एक हजार १७३ हुलाक टिकट प्रकाशनमा अाएका छन् ।

 

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्