यसरी हुन्छ बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता



काठमाडौं, असार ९
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् ।

आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ।

घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय सहयोगीलाई तलब रोकेर राखिएको छ। उल्टै, कर्मचारीलाई खुवाएको चिया, खाजा, पानीलगायतको खर्चसमेत अहिलेसम्म भुक्तानी नदिएको गुनासो तल्लो तहका कर्मचारीको छ।

आयोजनाको सुरुदेखि नै सतुङ्गलस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयबाट सय मिटर पूर्वमा रहेको चोकसँगैको घरको पहिलो तलामा बाहिरी चक्रपथ विकास आयोजनाको साइड कार्यालय राखिएको छ तर उक्त कार्यालयबाट कुनै काम भएको छैन ।

तीन कोठाको कार्यालयबाहिर झुन्ड्याइएको बोर्ड धुजाधुजा भइसकेको छ भने अक्षर मुस्किलले मात्र पढ्न सकिन्छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News