अमेरिकामा कार दुर्घटना हुँदा ४ नेपालीकाे ज्यान गयाे


 


अमेरिका, कार्तिक २२

americaअमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार जना नेपालीको मृत्यु भएको छ । गत शुक्रबार नोवेम्बर ४ तारिखमा भएको दुर्घटनामा परि घटनास्थलमै उनीहरूकाे निधन भएको हाे ।

उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् । पारिवारिक स्रोतका अनुसार दुर्घटना निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्ने चिरन्जीबी खनाल , उनकी पत्नी तथा दुई बुहारीको घटनास्थलमा मृत्यु भएको हाे ।

कारको पछाडि बस्ने पछाडी बसेका सबैको मृत्यु भएको हो भने गाडीको अगाडि बसेका समिर खनाल तथा सुबास खनाल घाइते भएका छन् । उनीहरूकाे खतरा मुक्त रहेकाे जनाइएको छ ।

गाडीको पछाडि बस्ने पिता चिरन्जीवी खनाल तथा उनी पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकी प्रेमिकाको मृत्यु भएको हो । उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् ।

निसान अल्टिमा नामक कारमा सवार उनीहरू शुक्रबार राति ९ बजे दुर्घटनामा परेका हुन् । २९६ नामक जर्जिया राजमार्ग को उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा रोक्नु पर्ने स्थानमा १८ पाङ्ग्रे ठूलो माल बाहक ट्रकसँग ठोकिन पुगेको थियो ।

 

प्रकाशित मिति: २२ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्