ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?


 


mr-trump-yellow-tieकाठमाडाैं, कार्तिक २४

अमेरिकामा राष्ट्रपतीय चुनावको अनपेक्षित परणाम आएपछि डोनाल्ड ट्रम्प त्यहाँको राष्ट्रपति बन्ने सम्भावना बलियो हुँदै गएको छ । शुरु देखि लिड लिएका ट्रम्पले हिलारीसँगको अन्तर फराकिलो पार्दै लगेका छन् ।

अमेरिकामा समेत बदनाम भनेर मिडियामा मजाक बनाइएका ट्रम्पले लोकप्रिय मानिएकी हिलारीलाई हराउँदा अमेरिकी सरकारका विभिन्न नीतिमा तात्विक भिन्नता आउन सक्ने अनुमान गरिएको छ । किनभने ट्रम्प र हिलारीबीच विदेश नीति देखि अन्य कुरामा समेत भिन्नता छ ।हिलारीले जितेको भए ओबामा प्रशासनको निरन्तरता नै हुने थियो ।

तर अव ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा चीन देखि नेपाल सम्मलाई प्रभाव पर्ने छ । किनभने ट्रम्पले अमेरिकालाई आफ्नो स्थानमा फर्काउने भन्दै चीनप्रति आक्रामक देखिन्छन् ।

उनले चीनले अमेरिकालाई बलात्कार गरेको भन्दै आफू राष्ट्रपति बने त्यसो हुन नदिने बताउँदै आएका छन् । ट्रम्पको चीन नीतिले नेपाल समेत प्रभावित हुनेछ ।

खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुनेछन् । ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् ।

यस मध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ । खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुनेछन् ।

ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् । यस मध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्