Deshko News
८ आश्विन २०८०, सोमबार

स्थानीय तहकाे संरचनालार्इ लिएर भाेजपुरका स्थानीय थप अान्दाेलित



kot-2स्थानीय थप अान्दाेलित

भाेजपुर, कार्तिक २७

स्थानीय तहकाे संरचनालार्इ लिएर काेटबासी थप अान्दाेलित भएका छन् । प्रस्तावित गाउँपालिकाकाे केन्द्रलार्इ लिएर स्थानीयले विराेध स्वरूप शनिबार गाविसमा कालाे झण्डा गाढेका छन् ।

टाेल–टाेेलबाट स्थानीय स्वत स्फूर्त रूपमा रूपमा नाराबाजी गर्दे गाविसमा प्रर्दशन समेत गरेका छन् । उनिहरू हप्ताैदेखी अान्दाेलनमा उत्रिएका हुन् । भाेजपुरकाे स्थानीय तह पुनर्सरचनामा ८ र ९ नम्बरमा बढी विवाद देखिएकाे छ ।

अन्यत्र भने खासै विराेध भएकाे छैन् । पुनसंरचनामा लेकर्ख, गाेगने, काेटका स्थानीय बढी अाक्राेेशित बनेका हुन् । प्रस्तावित गाउँपालिकाकाे केन्द्र अन्नपूर्ण ताेकिएपछि उनिहरू थप अान्दाेलित भएका हुन् ।

kot-1लेखर्कबाट अन्नपूर्ण पुग्न झण्डै एकदिन लाग्छ भने भाेजपुर सदरमुकाम पुग्न चार घण्टा लाग्छ । त्यस्तै काेटबाट सदरमुकाम पुग्न एक घण्टा लाग्छ भने अन्नपूर्ण पुग्न पाँच घण्टा लाग्छ ।

प्रस्तावित गाउँपालिकाकाे केन्द्र बिचमा हुनपर्ने अाफूहरूकाे माग रहेकाे काेटका स्थानीय केदार नेपाल बताउँछन् । उनिहरूले सदरमुकाममा समेत विराेध जनाइसकेका छन् भने माग पुरा नहुञ्जेल अान्दाेलन गर्ने बताएका छन् ।

प्रस्तावित केन्द्र टाढा भएकाेले सदरमुकामकै नगरपालिकामा जान सकिने स्थानीयले विकल्प अघि सारेका छन् । काेटबासीकाे विराेधलार्इ एेक्यबद्दता जनाउन तिम्माबाट समेत स्थानीय काेट अाएका छन् । अान्दाेलन तथा गाउँपालिका समन्वय समितिका संयाेजक हर्कराज रार्इले काेटकाे विराेध सभालार्इ सम्बाेधन गरेका थिए ।

तिम्मा, गुप्तेश्वर र सिद्देश्वरलार्इ छुट्टै गाउँपालिका बनाउनु पर्ने स्थानीयकाे माग छ । स्थानीय तह पुनर्सरचना सम्बन्धी संख्या तथा सिमाना निर्धारण अायाेगले भाेजपुरलार्इ न्यूनतम ५ र अधिकतम ९  तहकाे संख्या ताेकिदिउकाे थियाे । जसअनुसार भाेजपुरबाट ९ तहकाे संख्या सिफारिस गरिएकाे हाे ।

गत कार्तिक २२ गते नै स्थानीयकाे विराेधका बाबजुत अायाेगमा संख्या बुझाइएकाे छ ।

 

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News