पहिलो पटक फोहोरबाट विद्युत उत्पादनको सफल परीक्षण



electricity-from-dump-6

काठमाडौं, कात्तिक २८
महानगरपालिकाले पहिलो पटक फोहोरबाट विद्युत उत्पादन गर्ने उपकरण जडान गरी परीक्षणका रुपमा विद्युत उत्पादन गर्न सफल भएको छ ।

टेकुस्थित फोहोर संकलन केन्द्रमा जडान गरिएको उक्त उपकरणले एक पटकमा तीन टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन गर्नेछ ।

युरोपेली संघको ८० प्रतिशत अनुदान र २० प्रतिशत नेपाल सरकारको लगानीमा १ करोड ८२ लाख रुपैयाँमा भारतबाट किनेर ल्याएका उपकरणहरु जडान गरी दैनिक १४ किलोवाट विदुत उत्पादन गर्न सकिने जनाइएको छ ।

यो योजना सफल भए, भविष्यमा अन्य नगरपालिकामा पनि प्रयोग गर्न सकिने र ठूलो मात्रामा विद्युत उत्पादन भएमा राष्ट्रिय प्रशारण लाइनमा पनि जोडन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News