एसईई परीक्षा शुरु भएलगत्तै प्रश्नपत्र बाहिरियो, मोबाइलसहित २ जना पक्राउ


 


जनकपुरधाम, चैत्र १७
बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।

परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो ।

आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो ।

प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

परीक्षा दिइरहेका परीक्षार्थीले नै मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्