यस्ताे बन्याे भाेजपुरकाे स्थानीय तह पुर्नसंरचना


 


bhojpurकाठमाडाैं, कार्तिक २९

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले ९ वटा स्थानीय तह रहने गरी पुर्नसंरचना अायाेगमा सिफारिस पेश गरेकाे छ । सात वटा गाउँपालिका र दुर्इ वटा नगरपालिका रहने गरी प्राविधिक समितिले स्थानीय तह पुनर्सरचना सम्बन्धी संख्या तथा सिमाना निर्धारण अायाेगलार्इ सिफारिस बुझाएकाे हाे ।

अायाेगले भाेजपुरलार्इ न्यूनतम ५ र अधिकतम ९  तहकाे संख्या ताेकिदिएकाे थियाे । जसअनुसार भाेजपुरबाट ९ तहकाे संख्या सिफारिस गरिएकाे हाे ।

यसअघि भाेजपुरमा दुर्इ नगरपालिका थिए भने ५४ गाविस थिए । सिफारिस गरिएकाे स्थानीय तह लागू भए अव भाेजपुरमा ७ गाउँपालिका र २ नगरपालिका रहने छन् ।

यसअघि २ नगरपालिका हुँदा ५४ गाविस भाेजपुरमा थिए । नगरपालिका बन्नु अघि भाेजपुरमा ६३ गाविस थिए । भाेजपुर नगरपालिका बन्दा ४ वटा गाविस गाभिएकाे थियाे भने षडानन्द नगरपालिका बनाउन ५ गाविस गाभिएका थिए ।

सिफारिस गरिएकाे स्थानीय तहकाे नामाकरण समेत गरिएकाे छ । जसअनुसार याेगमाया गाउँपालिका, अरूण, पाैवादुम्मा, ट्याम्के मैयुङ, रामप्रसाद, अामचाेक र हतुवागढी गाउँपालिका नामाकरण गरिएकाे हाे भने यस अघिका दुर्इ नगरपालिकाकाे यथावत नाम राखिएकाे छ ।

सिफारिस गरिएकाे स्थानीय तहकाे विषयमा यस अघि ८ र ९ नंम्बर इलाका रहेका गाविसहरूकाे विराेध रहेकाे छ । प्रस्तावित गाउँपालिकाकाे केन्द्रलार्इ लिएर लेकर्क, गाेगने, काेट, तिम्मा छिनामखुका स्थानीय विराेधमा छन् ।

भाेजपुरकाे कुन गाविस कुन गाउँपालिकामा गाभिने भए ?

प्रकाशित मिति: २९ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्