भाेजपुरकाे कुन गाविस कुन गाउँपालिकामा गाभिने भए ?


 


bhojpur-mapकाठमाडाैं, कार्तिक ३०

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले ९ वटा स्थानीय तह रहने गरी पुर्नसंरचना अायाेगमा सिफारिस पेश गरेकाे छ । यसअघि भाेजपुरमा दुर्इ नगरपालिका थिए भने ५४ गाविस थिए । सिफारिस गरिएकाे स्थानीय तह लागू भए अव भाेजपुरमा ७ गाउँपालिका र २ नगरपालिका रहने छन् ।

कुन गाविस कुन गाउँपालिकामा ?

दोभाने, खाटाम्मा, चौकिडाडा र कुलुङ गाविस योगमाया गाउँपालिकामा रहने छन् ।

कुदाककाउले, नेपालेडाडा, केउरेनीपानी, मुलपानी, तुङ्गेछा किमालुङ्ग, खार्ताम्छा, साङ्गपाङ्ग, देउराली र वोया गाविस षडानन्द नगरपालिकामा रहने छन् । यसअघि केउरेनीपानी, मुलपानी, तुंगेछा, किमालुङ र खार्ताम्छा गाविस नगरपालिकामा थिए ।

चम्पे, याङ्गपाङ्ग, प्याउली, चरम्वी, जरायोटार र याकु गाविस अरुण गाउँपालिकामा रहने छन् ।

श्यामशिला, तिवारीभञ्ज्याङ्ग, च्याङ्ग्रे,सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गाविस पौवादुम्मा गाउँपालिकामा रहनेछन् ।

भोजपुर नगरपालिका, हेलौछा, आम्तेक, सिद्धेश्वर र गुप्तेश्वर गाविस भोजपुर नगरपालिकामा रहनेछन् ।

तिम्मा, छिनामखु अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क ट्याम्केमैयुङ गाउँपालिकामा रहने छन् ।

दलगाउ, भूल्के, ओख्रे, धोद्लेखानी मानेभञ्ज्याङ्ग, वैकुण्ठे र वासिखोरा रामप्रसाद गाउँपालिकामा रहने सिफारिस गरिएकाे छ ।

यूँ, वासिङ्गथपु थिदिखा, पावला बालांखा, पांचा, दुम्माना र देवानटार आमचोक गाउँपालिकामा रहने भएका छन् ।

रानीवास, होम्ताङ्ग, सिन्द्राङ्ग, खैराङ्ग, पात्लेपानी र हसनपुर गाविस हतुवागढी गाउँपालिकामा रहने गरी स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले पुर्नसंरचना अायाेग काठमाडाैंमा सिफारिस गरेकाे छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्