लोडसेडिङ हटाउन यसरी चल्नु पर्नेछ सर्वसाधारणले


 


काठमाडौं, मंसिर १
दिनमा ६ घण्टा धेरै बिजुली खपत हुने चार उपकरण नचलाएमा लोडसेडिङ मुक्त गर्न सजिलो हुने विद्युत प्राधिकरणले जनाएको छ ।

त्यसका लागि जनताले बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको ’पिक आवर’मा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाएमा प्राधिकरणलाई लोडसेडिङ मुक्त गर्नमा सहयोग हुने छ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना रहेकाले उक्त समयमा यी चार उपकरण नचलाउन समेत प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

‘पिक आवर’मा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ । दिनभर यो २०० मेगावाट मात्र रहने र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए ।

पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाएमा २४सै घण्टा बत्ति बाल्न र टिभी हेर्न पाइने जनाइएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्