संस्थागत विद्यालयलाई काठमाडौं महानगरको निर्देशन – जेठ १५ सम्म छात्रवृत्ति वितरण गरिसक्नू



काठमाडौं, जेठ १०
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई यही जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरीजेठ १६ गतेभित्र विवरण पठाउन भनेको हो ।

यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी १६ गते कार्यालय समयभित्र यसको जानकारी विभाग र इमेलमार्फत अनिवार्यरूपले पठाउन विभागले भनेको छ।

वडाध्यक्ष र जनप्रतिनिधिलाई यसको अनुगमन गर्न पनि विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News