हेर्दा हेर्देे भाेजपुर सदरमुकाम यसरी जल्याे, अागाेे नियन्त्रणमा (फाेटाे फिचर)


 


aago-bhojpur-4काठमाडाैं, मंसिर ५

भाेजपुर सदरमुकाममा अाइतबार ५ बजेतिरबाट सुरू भएकाे अागालागी नियन्त्रणमा अाएकाे छ । भाेजपुर सदरमुकामकाे भाेटेपसलमा रहेकाे मिलन ज्वेलर्सबाट अागलागी सुरू  भएकाे थियाे । पसलमा रहेकाे ग्यास पट्केर अागलागी भएकाे बताइएकाे छ । अालागीबाट कराेडाैंकाे क्षति भएकाे छ ।

aago-bhojpur-3अागलागीबाट ७ घर पूर्ण रूपले जलेर नष्ट भएका छन् भने केही घरमा अांशिक रूपमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरका निमित्त प्रहरी प्रमुख राधाप्रसाद पराजुलीले बताए । अागलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण भने अाउन सकेकाे छैन् ।

अागलागीमा बद्री राणा, लालबहादुर विक र गणेेश श्रेष्ठकाे घर नष्ट भएकाे पहिचान भएकाे छ । अागलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी, सेना खटिएका थिए ।

वारूण यन्त्रकाे समेत प्रयाेग गरिएकाे थियाे । डाेजरले घर घर समेत भत्काइएकाे स्थानीय प्रदिप श्रेष्ठले जानकारी दिए । जस्ता पाताकाे छानाे, पुराना र लहरै बस्तीका कारण अागाे नियन्त्रणमा समस्या परेकाे हाे । यस्ताे बस्तीका कारण अागलागी हुँदा भाेजपुर सदरमुकाम सधै जाेखिममा रहँदै अाएकाे छ ।

aago-bhojpur-4

aayo-bhojpur-2

bhojpur-aago

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्