भाेजपुरका अग्निपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग, सरकार माैन


 


aaglagi-bhojpur-3काठमाडौँ,  मंसिर ६

नेपाली काँग्रेस र नेकपा(एमाले)ले भोजपुर सदरमुकाममा आइतबार भएको आगलागीका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा आगलागीबाट आठ घरसहित करोडौँको भौतिक सम्पत्ति नष्ट भएकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले घटनाका कारण आफ्नो आवास र धनसम्पत्ति गुमाउने परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी एमाले सचिव योगेश भट्टराईले पनि आजै एक विज्ञप्ति जारी गरी आगलागीबाट भएको क्षतिको खबरले पार्टी स्तब्ध भएको बताएका छन् । उक्त घटनामा परी पीडित भएकाप्रति एमाले पार्टी सहानुभूति प्रकट गर्दै पीडित परिवारलार्इ तत्काल राहत उपलब्ध गराउन माग गरिएकाे विज्ञप्ति उल्लेख छ ।

त्यस्तै भोजपुरका सांसदहरू शेरधन रार्इ, कृपासुर शेर्पा, ज्ञानेन्द्रबहादुर कार्की, जयन्ती रार्इले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशका दुर्इ ठूला पार्टी र सांसदरूले अग्निपीडितहरूलार्इ राहत माग गरिरहदा सरकार भने माैन बनेकाे छ ।

सरकारकाे माैनतालार्इ भाेजपुरबासीले अापत्ती जनाएका छन् । भाेजपुर अागलागी घटनामा गृहमन्त्री सम्पकर्कबिहिन भएका छन् । भाेजपुरकाे याे घटनामा सरकार वेखबर र उदासिन बन्नु खेदजनक भएकाे स्थानीयले अाराेप लगाएका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्