भारत सरकारले भारुमा प्रतिबन्ध लगाएपछि ठगिन थाले सुदूरपश्चिमका श्रमिकहरु


 


बैतडी, मंसिर १०
भारत सरकारले एक हजार र पाँच सय दरका नोटहरुमा प्रतिबन्ध लगाएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका श्रमिकहरु दलाहरुद्वारा ठगिने गरेका छन् ।

श्रमको लागि भारतका विभिन्न ठाँउमा रहेका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायत जिल्लाका श्रमिकहरु फर्कने वेलामा कमाएको आधा रकम भारु साटेवाफत दलाललाई दिएर आधामात्रै रकम लिएर फर्किरहेका छन् ।

बैतडी जिल्लाको दुर्गम मानिने तल्लोस्वराड क्षेत्रमा भारु नोटको मात्रै कारोबार हुने भएकाले त्यस क्षेत्रका बासिन्दा संकटमा परेका छन् ।

बैङ्कको पहुँचभन्दा निकै टाढा रहेका त्यस क्षेत्रका बासिन्दा भारतबाट श्रम गरी कमाएर ल्याएको पैँसा घरमै थन्क्याउने गर्दछन् ।

महिनौ सम्म मज्दुरी गरेर संञ्चित गरेको रकम नचल्ने भएपछि आधानै भएपनि चित्त बुझाएर दलालहरु मार्फत साट्न बाध्य भएका छन् ।

सामान्य किनमेलको लागि समेत भारत जाने स्वराड क्षेत्रका स्थानीयले अहिले पालो पैँचो गरेर दैनिक खर्च धानिरहेका छन् ।

सरकारी जागिर भएका उक्त क्षेत्रका बासिन्दहरुले समेत भारतबाट नै किनमेल गर्नुपर्ने भएकाले पारिश्रमिक पाउने वित्तिकै नेपाली रुपैयाँसँग भारु साट्ने गर्छन् ।

 

भारत सरकारले प्रतिबन्ध गरेपछि उनीहरुपनि संकटमा परेका छन् ।

नेपाली जनता यति संकटमा पर्दा समेत नेपाल सरकारले कुनै पहल चाल्न नसकेको स्थानीय श्रमिकहरुको गुनासो छ ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्