Deshko News
१४ आश्विन २०८०, आइतबार

लिखतले सुनाए दर्जन कविता



jana-sahityama-bachanकाठमाडौँ, मंसिर ११

जनसाहित्यिक मञ्च, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ३१ औँ शृङ्खलामा कवि लिखत पाण्डेले एक दर्जन कविता वाचन गरे । पञ्चायती तथा बहुदलीय व्यवस्थाको अवधिदेखि करिब पचासको दशकको सेरोफेरोमा लेखिएका ‘बुद्धभूमिमा रगतको भेल बगाएर’, ‘फेवा तिम्रो सुन्दर माछापुच्छ्रेलाई’, ‘आँसुको दहमा (तिन टुक्रा)’ ‘थाहा छैन गङ्गालाल अझै’, ‘आज प्रजातन्त्र मलाई यसरी दुखि रहेछ’ र ‘सिंहदरवार’ शीर्षकका कविता सुनाए ।

त्यसपछि शकुन्तला त्रिपाठीले ‘देशलाई खोज्दै जाँदा’, शार्दूल भट्टराईले ‘जागरणको बिहानी’, डा.विजय सुब्बाले ‘यो रातो झन्डा नै हामीले बोक्नु पर्छ’, पुरुषोत्तम सुवेदीले ‘उनीहरू’, डा.राजेन्द्र अधिकारीले ‘आँधी र बादसाह, रिता खत्रीले ‘दृश्यहरू’ कविता वाचनमा सहयोग गरे ।

एमाले नेता एवं कवि प्रदीप ज्ञवालीले कवि पाण्डे एक शसक्त प्रगतिवादी कवि भएको बताए । उनले भने, ‘आज वाचन गरिएका लिखत पाण्डेका एक दर्जन कविताले हामीलाई तिस वर्ष अगाडिको फ्ल्यासब्याकमा पु¥याए ।’

प्राज्ञ डा.अमर गिरीले कवि पाण्डे नेपाली समाजको आमूल रूपान्तरण गर्ने अभियानमा समर्पित कवि भएको दावी गरे । उनले भने, ‘त्यसैले पाण्डेका कवितामा देशभक्तिको भावना, प्राकृतिक विम्बको प्रयोग गरिनुका साथै समाजकै सरोकारका विषय मुखरित भएका पाइन्छन् ।’

मञ्चका अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल, महासचिव विनोद मञ्जन र काव्य विभाग संयोजक डा.विन्दु शर्माले कवि पाण्डेको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । वि.सं.२०१९ सालमा काभ्रेमा जन्मिएका कवि पाण्डेका ‘आँधी र बादसाह’ शीर्षकको एक कविता सङ्ग्रह प्रकाशित छ भने फुटकर रुपमा निबन्ध प्रकाशित छन् ।

उत्साह, लहर जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका पाण्डे हाल भृकुटी त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाश हुन् । पाण्डेको कविता सुन्न एमाले नेता तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News