भाेजपुरका अागलागी पीडितलार्इ रकम वितरण, कस्ले कति पाए ?


 


aaglagi-bhojpur-3भाेजपुर, मंसिर १६

जिल्ला दैवी प्रकोप उद्धार कोषमा संकलित रकम भोजपुरका अग्नि पिडितलाई वितरण गरिएको छ । संकलित रकम मध्ये पूर्णरुपमा घर नष्ट भएका ८ घरलाई प्रतिशतको आधारमा १३ लाख र सो घरमा बसोवास गर्दे आएका डेरावालालाई १ लाख ४५ हजार पीडित परिवारलाई आज वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

संकलित रकमबाट बद्री राणालाई २ लाख ६० हजार, गणेश श्रेष्ठलाई १ लाख ९५ हजार, मोहन आचार्यलाई १ लाख ९५ हजार, लालबहादुर विकलाई १ लाख ३० हजार, फबिन्द्र प्रधानलाई १ लाख ३० हजार, दाछिकी शेर्पालाई १ लाख ३० हजार, अर्विन बराईलीलाई १ लाख ३० हजार र थिरबहादुर र्पोतेललाई १ लाख ३० हजार वितरण गरिएकोे छ ।

संकलित रकम वितरण गर्न बनाइएको मापदण्ड अनुसार प्रतिशतका आधारका २०, १५ र १० का दरले वितरण गरिएको हो । यसैगरी ती घरमा बसोवास गर्ने ९ परिवारलाई पनि सोही आधारमा एक लाख ४५ हजार वितरण गरिएको छ ।

यसैबिच पूर्व संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री कृपासुर शेर्पाले आगलागी पिडितका लागी काठमाडौंमा बस्दै आएका शेर्पाबाट संकलन भएको १ लाख १७ हजार ८ सय ५ रुपैंया जिल्ला दैवी प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई, कृपासुर शेर्पा र सांसद जयन्ती राईको विशेष उपस्थितीमा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले आगलागी, जिल्लाको विकास निमार्ण र समसामयिक विषयमा विस्तृत जानकारी दिनुभएकोे थियो ।

बैठकका प्रमुख अतिथी समेत रहनुभएका पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आगलागी पीडितको मागलाई जस्ताको त्यस्तै सदनमा पेश गरेको जानकारी दिनुभयो । उहाँले राहत र पुर्नस्थापनाको लागी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको समस्याप्रति आफु गम्भिर रहेको भन्दै राईले जनताप्रति जवाफदेही भएर सुशासन कायम गर्न सम्बन्धित कर्मचारीलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्