Deshko News
६ आश्विन २०८०, शनिबार

गिति कविता-जीवन जिउन अनेक सङ्घर्ष…



गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ
सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ
मनमा चोखो माया लिएर बाच्नुपर्दो रहेछ
रातदिन सङ्घर्ष गरी बाच्नुपर्दो रहेछ

जीवनमा समय कसरी बिताउने सोच्नुपर्दो रहेछ
जीवन जिउन अनेक सङ्घर्ष गर्नुपर्दो रहेछ

स्वार्थी दुनियाँमा प्रेमको नाम कोरी राख्नुपर्दो रहेछ
अनेक चोटहरू छन् मायालु सँग सङ्घर्षको यात्रा चलिरहेछ

शान्ति कहाँ पाइन्छ भनी खोजि हिँड्नुपरेको छ
जोगी बनी बसौँ भने सोच बदल्नुपर्ने छ

सङ्घर्षका पाइलाहरू बढाउनुपर्दो रहेछ
मनमा चोखो माया लिएर बाच्नुपर्दो रहेछ

प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News