निर्वाचन क्षेत्र विशेष कार्यक्रम : भाेजपुर क्षेत्र नं २ मा कुन ठाउँकाे कुन याेजनालार्इ कति बजेट ?


 


bhojpur-area-2भाेजपुर, मंसिर २१

अार्थिक बर्ष २०७३/७४ काे निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत भाेजपुर क्षेत्र नं २ काे बजेट वितरण भएकाे छ । ३ कराेड बजेट रहेकाे कार्यक्रम अन्तर्गत २३ वटा याेजनालार्इ बजेट वितरण गरिएकाे छ ।

भाेजपुर क्षेत्र नं २ का सांसद एंव पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन रार्इले अाफ्नाे क्षेत्रकाेे विकासका लागि १० लाखदेखी ४५ लाखसम्म बजेट वितरण गरेका छन् । २९ वटा गाविस भाेजपुर नगरपालिकाकाे २ वटा गावसु रहेकाे याे क्षेत्रका प्राय : सबै गाविस समेटिने गरी सांसद रार्इले बजेट वितरण गरेका हुन् ।

याे बर्ष पनि सडक निर्माण र स्तराेन्नतीका लागि बढी बजेट वितरण भएकाे छ । याे बर्ष सबै गाविसमा ठूलाे मात्रामा बजेट वितरण भएपछि यस क्षेत्रका मतदाताहरू खुसि भएका छन् । गाउँकाे विकासका लागि समानुपातिक ढंगले बजेट वितरण भएपछि यस क्षेत्रकाे पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास गरिएकाे छ ।

मतदाताहरूकाे भावना अनुसार बजेट वितरण गरिएकाे भन्दै सांसद रार्इले भने समयमै बजेट बाँडफाड गरिएकाे छ, अब याेजना सम्झाैता गरेर समयमै गुणस्तरिय काम हुने अपेक्षा गरेकाे छु ।  गत बर्ष १ कराेड ५० लाख रहेकाे याे बजेट शिर्षक केपी अाेली सरकारकाे पालामा दाेब्बर बढाएर ३ कराेड पुर्याइएकाे थियाे ।

निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गतकाे याे बजेट दुर्इ ठूला याेजनामा २० लाख माथि रकम विनियाेजन गर्नुपर्ने र अन्य याेजनामा १० लाख भन्दा कम रकम छुट्याउन नपाइने मापदण्ड बनाइएकाे थियाे ।

 कुन ठाउँमा कुन याेजनालार्इ कति बजेट ?

१. खैराङ फलामढुंगा–पूर्णेडाँडा–वयाङ–वालंखा सडक मर्मत ४५ लाख ।

२. पञ्चकन्या उच्च मावि च्यांग्रे विज्ञान प्रयाेगशाला भवन निर्माण २७ लाख ।

३. गाेसेथान मार्से वितलब हुँदै वास्तिम जाेड्ने सडक निर्माण १५ लाख ।

४. सिहंदेवी मार्ग वासिखाेरा ५ देखी देवानटार जाेड्ने सडक निर्माण १२ लाख ।

५. ठुलाेदुम्मा देखी हाेम्ताङ हुँदै सुनवालुवा जाेड्ने सडक १२ लाख ।

६. भाेजपुर क्याम्पस कभर्डहल निर्माण १० लाख ।

७. दुम्माना ४ एखुवाखाेला चिसापानी जलविद्युत अायाेजना पावरहाउस बाध निर्माण १० लाख ।

८. रामप्रसाद रार्इ स्मृति पार्क निर्माण वासिखाेरा ५ भाेजपुर १० लाख ।

९. लेखर्क वैराङ–कपासे–हुर्वुभन्ज्याङ सडक निर्माण १० लाख ।

१०. थिदिंखा छेलाेभन्ज्याङ धिन्ताङ सडक मर्मत तथा स्तराेन्नती १० लाख ।

११. टक्सार पारपानी वास्तिम सडक निर्माण १० लाख ।

१२. माटिकाेरे–डाँडाखर्क अाेख्रे कृषि सडक निर्माण तथा स्तराेन्नती १० लाख ।

१३. गाेगने खाेलादेखी विद्यश्वर उच्च मावि हुँदै लेखर्क पान्धारे जाेड्ने सडक स्तराेन्नती १० लाख ।

१४. बैकुण्ठे भालेढुंगा कन्यादह हाेम्ताेक हुँदै धाेद्लेखानी कटुञ्जे जाेड्ने सडक निर्माण १० लाख ।

१५. मानेभन्ज्याङ देखी अाम्बाेटे बेहेरेश्वर धाम हुँदै दलागाउँ जाेड्ने सडक निर्माण १० लाख ।

१६. कावा खाेला लघु जलविद्युत अायाेजना देवानटार पाेल खरिद १० लाख ।

१७. पांचा मर्जिताङ–मखुवा दारैगाैडा सडक निर्माण १० लाख ।

१८. काेट–गुठा दिप्सा हुँदै जाैनागीसम्म सडक मर्मत तथा स्तराेन्नती १० लाख ।

१९. भूल्के अाेख्रे विद्युत विस्तार १० लाख ।

२०. भूल्के धाेद्लेखानी ७ कटुञ्जे हुँदै पामाखाम जाेड्ने सडक निर्माण १० लाख ।

२१. जिल्ला प्रशासन कार्यालय देखी पानीट्यांकी सम्म सडक स्तराेन्नती १० लाख ।

२२. प्रजातन्त्र मावि देखी पुरानाे घिर्लिङ सम्म सडक स्तराेन्नती हाेम्ताङ १० लाख ।

२३. खैराङ सुनाहाङ फुटबल मैदान निर्माण १० लाख ।

क्षेत्र नं १ मा बजेट वितरण यस्ताे छ

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्