निर्वाचन क्षेत्र विशेष कार्यक्रम : भाेजपुर क्षेत्र नं १ मा कुन ठाउँकाे कुन याेजनालार्इ कति बजेट ?


 


भाेजपुर, मंसिर २२

अार्थिक बर्ष २०७३/७४ काे निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत भाेजपुर क्षेत्र नं १ काे बजेट वितरण भएकाे छ । ३ कराेड बजेट रहेकाे कार्यक्रम अन्तर्गत २१ वटा याेजनालार्इ बजेट वितरण गरिएकाे छ ।

भाेजपुर क्षेत्र नं १ का सांसद एंव पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री  कृपासुर शेर्पाले अाफ्नाे क्षेत्र विकासका लागि १० लाखदेखी ४० लाखसम्म बजेट वितरण गरेका छन् । यस क्षेत्रमा २५ गाविस र षडानन्द नगरपालिका र भाेजपुर नगरपालिकाकाे अाधा भूभाग पर्दछ ।

कुन ठाउँमा कुन याेजनालार्इ कति बजेट ?

१. षडानन्द बहुमुखी क्याम्पस भवन निर्माण ४० लाख ।

२. शारदा मावि विज्ञान प्रयाेगशाला भवन निर्माण देउराली ३५ लाख ।

३. तुंगेछा चण्डिथान देखी साङपाङ रिठ्ठाबाेटे सडक निर्माण सुधार २० लाख ।

४. दिंला धार्मिक तथा सांस्कृतिक पर्यटन सूचना केन्द्र भवन निर्माण २० लाख ।

५. बाघखाेर माझखर्क सुम्लिखा खम्बुखा पाङखाङ तिम्मा सडक विस्तार २० लाख ।

६. देउराली बाेया पितिम खानिगाउँ पञ्चेदाेवाटाे प्याउली सडक निर्माण १५ लाख ।

७. हिंखुवा खाेला लघु जलविद्युत अायाेजना छिनामखु १० लाख ।

८. साङपाङ मजुवा शारदा निमावि पूर्वाधार सुधार १० लाख ।

९. खावा ४ वान्तान खाेला देखी खावा ६ खुगे खाेला सम्म सडक स्तराेन्नती १० लाख ।

१०. किमालुङकाे निगाले सजिले सिक्तेलटार हुँदै कुदाककाउले जाेड्ने सडक विस्तार १० लाख ।

११. नरसाेभा निमावि भवन निर्माण नेपालेडाँडा १० लाख ।

१२. जाल्पादेवी महिला कृषि जागरण समूह भवन निर्माण देउराली–७  रू १० लाख ।

१३. चिउरीबाेटे खेल मैदान निर्माण षडानन्द नगरपालिका १० लाख ।

१४. इर्खुवा खाेला लघु जलविद्युत अायाेजना पूर्वाधार सुधार चाैकीडाँडा १० लाख ।

१५. हिले भन्ज्याङ चम्पे प्याउली सडक स्तराेन्नती १० लाख ।

१६. अन्नपूर्ण ३ देखी अन्नपूर्ण ८ जाने सडक विस्तार १० लाख ।

१७. नेपालेडाँडाकाे चाैकीबारीबाट तावुटार हुँदै चाैकीडाँडा सडक विस्तार १० लाख ।

१८. षडानन्द नगरपालिका १ मुलपानीकाे विद्युत विस्तार १० लाख ।

१९. बिहिबारे नङखिला वित्तिम सडक विस्तार एंव स्तराेन्नती १० लाख ।

२०. सालेवा उच्च मावि भवन निर्माण सालेवा दाेभाने १० लाख ।

२१. च्यांग्रे खानेपानीकाे मुहान जाने मानेडाँडा साेलाखाम हेलाैछा सडक निर्माण तथा पेल्ट्रिक सेट मर्मत १० लाख ।

भाेजपुर क्षेत्र नं २ काे बजेट वितरण यस्ताे छ 

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्