भाेजपुर विमानस्थल बन्द


 


भाेजपुर, मंसिर २४
भोजपुरको एक मात्र टक्सार विमानस्थल कालाेपत्रेकाे काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षातले गर्दा रोकिएको काम मंसिर अाजबाट सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागी बन्द गरिएकाे विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए ।

कालोपत्रेको कामका लागी ४० बढी कामदार र इन्जिनियरहरु काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्री समेत जुटाइ सकिएको छ । ०३१ बाट सञ्चालनमा आएको एकमात्र विमानस्थल स्तरोन्नती र कालोपत्रेको काम ३ वर्ष अगावै ०७१ असारमा सुरु भएको थियो । तर ठेकेदार कम्पनीकाे हेलचेक्याइ, ढिलासुस्ती, भूकम्प, नाकाबन्दी र बर्षातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दा समेत काम सम्पन्न हुन सकेको थिएन ।

५ सय ४५ मि लम्बाई र २० मि चौडाई रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागी बन्द हुन लागेको हो । कालिका प्यासेफिक जेभी कन्ट्रक्सनले ५ करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । भाेजपुरमा नेपाल वायुसेवा र तारा एयरले उडान गर्छन् ।

गत बर्ष पनि मंसिर महिनादेखी विमानस्थल बन्द थियाे भने असार दाेस्राे साताबाट उडान सुचारू भएकाे थियाे । १५ महिनामा काम सक्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि चार बर्ष हुन लाग्दा समेत काम निर्माण सम्पन्न हुन सकेकाे छैन् ।

खिलराज रेग्मी मन्त्रीपरिषदका अर्थमन्त्री शंकर प्रसाद काेइरालाले अार्थिक बर्ष २०७०/०७१ मा बजेट बक्तव्य मार्फत भाेजपुर विमानस्थल सुधार तथा कालाेपत्रेका लागि बजेट विनियाेजन गरेका थिए ।

यस्तो भयो भोजपुर विमानस्थल, यसरी अायो जहाज (भिडियो सहित)

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्