माथिल्लो मैलुङ खोला जलविद्युतको आइपिओ खुल्यो, कहिलेसम्म कति कित्ताको लागि आवेदन दिने ?


 


काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आमसर्वसाधारणका लागि आजबाट सेयर (आइपिओ) जारी गरेको छ ।

कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ । यसको १५ प्रतिशत सेयर उसले आम सर्वसाधारणका लागि छुट्याएको छ।

कम्पनीले रोजगारमा गएका नेपाली, प्रभावित वासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर बाँडफाँट गरिसकेको छ।

सबैलाई बिक्रीपछि आम सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीले असोज २२ गतेसम्म सेयर जारी गर्ने छ।

कम्पनीले १४.३ मेगावाट क्षमताको जलविद्युत परियोजना विकास गरिरहेको छ । यसको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्