एफ डि मोटर्स ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्दा कर्जा सुबिधा


 


काठमाडौं, कार्तिक १३ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र नबिल बैंक लिमिटेडबीच क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा लिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् । जस अन्तर्गत कुनै पनि ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. दुई लाख ६१ हजार ९९९ र एफ फाइब ए को मुल्य रु. दुई लाख ९७ हजार ९९९ छ ।

छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागी ल्याउदैछ ।

एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको पाँच विषेश विषेशताका यो बजारमा सफल भइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्