संविधान संशाेधनकाे विराेधमा पूर्वका ९ जिल्ला बन्द



काठमाडाैं, मंसिर ३०

संघीय लिम्बुवान पार्टी नेपालले आहृवाहान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वको नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाइरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै पार्टीले आज एक दिने पूर्व बन्दको आहृवाहान गरेको हो ।

बन्दको कारण विहानै देखि ताप्लेजुङ सहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बन्दमा एम्बुलेन्स र मोटरसाइकललाई भने चल्न दिने पार्टीले जनाएको छ ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटेकोमा आफूहरुको मूख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यू -लिम्बु) ले बताए ।

उनले यो पहिलो चरणको आन्दोलन भएको र लिम्बुवानको विषयलाई सरकारले बेवास्था गरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News