तेह्रथुममा भीषण अागलागी, अागाे नियन्त्रण बाहिर


 


तेह्रथुम, पुस १

तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले ६ घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेकोले अझै घरहरु जल्ने सम्भावना रहेको भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ। बचाउन सकिने घरका सामानहरु सार्न र आगो निभाउन स्थानीय सक्रिय छन्।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी लागिरहेका छन्। एउटा स्काभेटर प्रयोग गरेर निभाउन प्रयास भइरहेकाे तेह्रथुमबाट पत्रकार मनाेज लिम्बुले जानकारी दिए ।

सक्रान्ती बजारमा १ सय ५० घर  छन्। आगलागी नियन्त्रणका लागि छिमेकी जिल्ला फिदिमबाट दमकल झिकाईएको प्रमुख जिल्ला अधिकारी मुनका न्योपानेले बताईन्।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्