तेह्रथुम अागलागी : ३२ घर जलेर नष्ट


 


पाँचथर, पुुस १

तेह्रथुमको सङ्क्रान्ति बजारमा आज बिहान आगलागी हुँदा ३२ घर जलेका छन् । आगो फैलन नदिन तीन वटा घर भत्काइएको प्रहरीले जनाएको छ ।

बिहान ९ः३० बजे अग्नि सेढाईंको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । आगो चार घन्टापछि पाँचथर सदरमुकाम फिदिमबाट गएको दमकलसहितको प्रहरीको टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट निभाइएकोे घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए ।

आगलागीबाट ती घरमा डेरामा बसेका २७ परिवारको पनि बिचल्ली भएको छ । ती घरमा व्यापार व्यवसाय गर्नेको तथ्याङ्क पनि यकिन भएको छैन । क्षतिको विवरण सङ्कलन गर्न थालिएको प्रहरीले जनाएको छ । आगलागी प्रभावितका लागि राहत र सहयोगका लागि सदरमुकाम म्याङ्लुङमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ ।

प्रकाशित मिति: १ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्