एमजी गाडीमा भएको आगलागीको कारण-विद्युतको लाइन सर्ट


 


काठमाडौं । एमजीको गाडीमा भएको आगलागी विद्युतको लाइन सर्ट भएका कारण घटना भएको आधिकारिक विक्रेताले जनाएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विद्युतको लाइन सर्ट भएका कारण विद्युतीय गाडीमा आगलागी भएको जनाएको छ ।

गत पुस ९ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ देउवाचोकमा एमजीको विद्युतीय गाडीमा आगलागी भएको थियो । पारामाउन्ट मोटर्सले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै एक्कासी विद्युतको तार सर्ट भई आगलागी हुँदा गाडी पूर्ण रुपमा जलेको जनाएको हो ।

घटनाको जानकारी हुनेवित्तिकै कम्पनीका प्राविधिक कर्मचारीसहितको टोली पुगेर हेर्दा र स्थानीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का अनुसार लाइन सर्टकै कारण आगलागी भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘घरबाट पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ बजेर १५ मिनेटमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ पारामाउन्ट मोटर्सले भनेको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्