नाडा अध्यक्षमा करण चौधरी सहित कार्यसमिति निर्विरोध निर्वाचित


 


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । ४७औं साधारण सभाले चौधरीलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।

कार्यसमितिका २४ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा आकाश गोल्छा, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल छन् ।

त्यस्तै सदस्यहरुमा निराकार श्रेष्ठ, प्रकाश कपुरी, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ रहेका छन्।

यसैगरी संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध भएका हुन्।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्