भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययन पुस १५ बाट हुँदै


 


भाेजपुर, पुस ६

भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययनका लागि आगामी पुस  १५ गतेबाट टोली परिचालन हुने भएको छ । जिल्ला बवकास समितिको बैठक कक्षमा बुधबार सम्पन्न जिल्ला समन्वय समितिको बैठकमा यस्तो जानकारी गराइएको हो ।

भूकम्पीय आवास पुर्ननिर्माण आयोजनाका उप निर्देशक नारायण प्रसाद श्रेष्ठ र पुननिर्माण प्राधिकरणका जनार्दन गुरागाँइको उपस्थितिमा सम्पन्न बैठकमा भूकम्पले क्षति पुर्याएका १७ जिल्लामा द्रुत गतिमा काम गर्न लागीएको जानकारी गराइएको थियाे ।

भोजपुरमा २ हजार ३ सय ५५ घर क्षति भएको गृह मन्त्रालयको अघिल्लो तथ्याङ्क भए पनि पछिल्लो समयमा १० हजार ४ सय २६ घर क्षति भएको तथ्याङ्क प्राप्त भएको उप निर्देशक श्रेष्ठले बताउनुभयो । देशभर १७ वटा मोडलमा घर निर्माण हुने उहाँको भनाइ छ  ।

भूकम्पले क्षति भएका घरलाइ ५ तहमा वर्गिकरण गर्ने र वर्गिकरणका आधारमा ४ र ५ तहमा परेका घरलाइ निर्माणका लागी ३ लाख र २ र ३ तहमा परेका घरलाइ १ लाख मर्मत खर्च उपलब्ध गराउने सरकारको तयारी छ ।

पुर्ननिर्माणका लागि ९ खर्ब ३८ अर्व लाग्ने अनुमान गरेको प्राधिकरणले व्यक्तिगत घर निर्माणका लागि मात्रै ३ खर्व भन्दा बढी लाग्ने जनाएको छ । तिन चरणमा बितरण गर्ने तयारी अनुसार जग निर्माण पछी ५० हजार,तला छापेपछी १ लाख र छाना लगाउने बेलामा १ लाख ५० हजार उपलब्ध गराउने सरकारको तयारी छ ।

यता घर निर्माणका लागि सरकारले २ प्रतिशतमा १५ देखी २५ लाख सहुलियतमा क्रण उपलब्ध गराउने भनेपनी अहिले सम्म कुनै टुङ्गो नलाग्दा पीडितहरु भने अन्योलमा परेका छन् । सरकारले दिन लागेको ३ लाख अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने पीडितहरुको भनाइ छ ।

प्रकाशित मिति: ६ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्