गोला प्रथाबाट सङ्खुवासभा काँग्रेस सभापतिमा श्रेष्ठ



काठमाडौँ, पुस १०

नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा गोला प्रथाबाट दिपीनकुमार श्रेष्ठ चयन भएका छन् । विसं २०७२ माघ २५ गते भएको सङ्खुवासभा काँग्रेस जिल्ला कार्यसमितिको निर्वाचनमा दिपीनकुमार श्रेष्ठ र पासाङ शेर्पाले बराबर मत प्राप्त गरेपछि हालसम्म सभापतिको छिनोफानो हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन निर्देशिका २०७२ को २ (झ) बमोजिम दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गरेको समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

समितिले यसअघि गत मङ्सिर २२ गते बराबरी मत प्राप्त गर्ने दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा टुङ्गो लगाउन दुवैलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको रोहवरमा प्रत्यासी शेर्पाका प्रतिनिधि श्यामसुन्दर शेर्पा र श्रेष्ठको प्रतिनिधिसमेत नभएकाले समिति सचिव जगन्नाथ श्रेष्ठले गोला तानेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News