क्यान्सरको भ्याक्सिन बनाउँदै रुस, चाँडै सार्वजनिक गर्ने


 


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् ।

सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले खोप परीक्षणको चरणमा रहेको र चाँडै सार्वजनिक गरिने उनको भनाइ छ । उनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए ।

क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ । अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्