धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक


 


धनगढी, फागुन ४ । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ ।

टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० भी फोर एफ आईको काठमाडौंमा सार्वजनिक गरेपछि धनगढीमा पनि शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक मल्ल र बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले जानकारी दिए ।

उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।

आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए ।

सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो राइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।

नेपाली बजारमा सार्वजनिक यी दुबै बाइक हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर ‘राइड मोड्स’का साथै ‘रेस इनेबल्ड कनेक्टिभिटी’का लागि ‘टीभीएस स्मार्ट कनेक्ट’को सुविधा समेत उपलब्ध छ ।

सो कार्यक्रमको अवसर पारेर उक्त मोटरसाइकल खरिदकर्तालाई पनि आकर्षक उपहार प्रदान गरिनुका साथै टिभिएसको चाबी हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्