Deshko News
१३ आश्विन २०८०, शनिबार

खानीखोलामा खलपात्रको गर्जन



खानीखोला (धादिङ), पुस ११

लायन्स तथा लियो क्लब अफ पिस, खानीखोलाद्वारा सञ्चालित खानीखोला सार्वजनिक पुस्तकालयले चितवनका कवि मुकुन्द खलपात्रको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।

अराजक अक्षर समूह चितवनको सहकार्यमा आयोजित सो कार्यक्रममा कवि मुकुन्द खलपात्रले आफ्ना करिब एक दर्जन बढी कविता सुनाएका थिए । उनको नमस्ते सर, मिस हिमाल, जिन्दगी एक कारोबार, क्याण्डीक्रस यथार्थ लगायतका कविता सुनाउँदा दर्शक तथा श्रोता मन्त्रमुग्ध बनेका थिए ।

समाजका विकृति तथा विसंगतिलाई आफ्नो कविताको विषय बनाउन रुचाउने खलपात्रका कवितामा समयको कटु सत्य पाइने असीम हमालले बताए । उनले भने, खलपात्र नयाँ चेतना बोकेका कवि हुन् ।

उनको यो चौथो एकल वाचन कार्यक्रम हो । यसअघि उनले चितवनमा दुई पटक र काठमाडौँमा एक पटक एकल कविता वाचन गरिसकेका छन् ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News