छन्द कविता महोत्सव


 


बुटवल, पुस ११

नेपाल प्रज्ञा प्रतिष्ठान र छन्दवादी समाज नेपालको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमामा शुक्रबार र शनिबार दुई दिने बृहत् छन्द कविता महोत्सव आयोजना गरिएको छ । सो महोत्सवको पहिलो दिन समकालीन नेपाली छन्द कविताका प्रवृत्ति विषयमा विमर्श गरिएको थियो ।

प्रा.डा. हिरण्यलाल ज्ञवालीले प्रस्तुत गरेको उक्त कार्यपत्रउपर डा. घनश्याम न्यौपाने परिश्रमी, डा. नारायण नेपाल र माधव वियोगीले टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं काव्य विभाग प्रमुख डा. अमर गिरीले छन्द कविताको लामो परम्परा रहेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावशाली रुपमा विकसित गर्नु पर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा नेपाली छन्द कविताका क्षेत्रमा उल्लेख्यनीय योगदान पुर्याएबापत प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी) र डा. देवी नेपाललाई सम्मान गरिएको थियो ।

भोलिपल्ट रातिसम्म चलेको कवि गोष्ठीमा प्रात्र बूँद राना, रामचन्द्र भट्टराई, गोर्खे साइँला, रामदेव पाण्डे, खामा तराम मगर, गिरीश श्रीसमगर लगायतका कविहरुले कविता वाचन गरेका थिए ।

कार्यक्रममा चितवन, कास्की, पाल्पा, धनगढी, दांग, रुपन्देही लगायतका जिल्लाबाट कविहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्