Deshko News
१३ आश्विन २०८०, शनिबार

लण्डनमा फुटबल खेल्लाखेल्दै नेपाली युवककाे ज्यान गयाे



लण्डन, पुस १३

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।

स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो।

निशानको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन।

बाग्लुङको गलकोट घर भएका भण्डारी बुवाआमासँगै वेलायत बस्दै आएका थिए। भण्डारी सिटी कलेज युर्निभरसिटी बर्मिघममा मेकानिकल इन्जिनियरिङको दोस्रो वर्षमा अध्ययनरत थिए।

उनको शव स्थानीय स्यान्डबेल हस्पिटलमा राखिएको छ। भण्डारीको निधनले त्यहाँस्थित नेपाली समुदाय स्तब्ध बनेको छ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News