‘सिमल’ सार्वजनिक


 


काठमाडौँ, पुस १६

लेखिका सुष्मा खड्काद्वारा लिखित ‘सिमल’ नामक उपन्यास सार्वजनिक भएको छ । प्रेममा आधारित सो उपन्यासलाई हास्य कलाकार तथा लेखक हरिवंश आचार्यले यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरे ।

शिखा बुक्सको प्रकाशन र ज्ञानज्योति बुक्स पब्लिकेशन प्रालिको वितरण रहेको ‘सिमल’ लाई जिके पोखरेलले सम्पादन गरेका हुन् ।

सोही अवसरमा हास्य कलाकार आचार्यले प्रेम र समाजको बन्धनलाई लेखिका खड्काले उपन्यासमा छर्लङ्ग पारेको बताए ।

त्यसैगरी लेखिका हरिमाया भेटवाल, पत्रकार/लेखक अस्वीनी कोइराला र हास्य कलाकार राजा राजेन्द्रले ‘सिमल’ उपन्यासले समाजको यथार्थलाई चित्रण गरेको टिप्पणी गरे ।

लेखिका खड्काले ‘सिमल’ आफ्नो पहिलो कृति भएको हुँदा पढेर सुझाव दिन अपिलगरिन् ।

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्