भोजपुर कांग्रेस सचिव आलेलाई लाग्यो यस्तो आरोप, कारबाहीको माग


 


भोजपुर, पुस १८

नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आले विरुद्ध कांग्रेस पार्टीमै उजुरी परेको छ । भोजपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक नियुक्तीमा प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जातीयताको नारा उचालेको भन्दै संघले जिल्ला पार्टीमा उजुरी दिएको हो ।

काँग्रेसको शुभेच्छुक संस्था रहेकाे प्रजातन्त्रवादी प्राध्यापक संघले आलेले शिक्षक चयनमा विना आधार जातीयकरण गरेको आरोप लगाएका थिए । क्याम्पस प्रशासनले प्रतिस्पर्धाको आधारमा शिक्षक नियुक्त गरेको थियो ।

आलेले क्षेत्रीबाहुन समुदायका प्राध्यापक नियुक्त भएको भन्दै विना आधार जनजातिलाई पाखा लगाएको अभिव्यक्ती दिएका थिए ।

आलेले जातियकरणको नारा उछाली क्षेत्रीबाहुन समुदायका प्राध्यापकलाई पाखा लगाएर क्याम्पस चलाउनु पर्छ भन्दै केही प्राध्यापकलाई दबाब समेत प्राध्यापकहरूले पार्टीमा बुझाएकाे उजुरीमा उल्लेख छ ।

संघमा आवद्ध प्राध्यापकहरुले जातीयताको नारा दिएर पार्टीको जिम्मवार पदमा बस्न मिल्छ की मिल्दैन ? भनेर प्रश्न समेत गरेका छन् ।

“देशमा भाषा, धर्म संस्कृति, जातका नाममा उठ्ने मुद्धालाई निस्तेज पार्दै प्रत्येक नेपाली एक, जात एक, बर्ग एक भन्ने काँग्रेसको नीति भएपनि जिल्ला सचिव कैलाशकुमार आलेले हालसालै क्याम्पसमा आंशिक प्राध्यापकको नियुक्तीको विषयमा पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ भित्र जातीयताको नारा दिई जनजाति र क्षेत्री समुदाय एक भई क्षेत्रिबाहुनको वचश्र्व र अस्तित्वलाई सखाप पार्नु पर्छ भन्ने अभिव्यक्ति यस संघका सदस्यहरु समक्ष पटक–पटक दवाव दिएको तथ्यले संघ स्तव्ध भएको छ,” संघले पार्टीमा बुझाएको उजुरीमा भनिएको छ, “मुलुकको सवैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीबाट यस्तो साम्प्रदायिक एंव नश्लवादी अभिव्यक्ती दिनु, व्यक्ति र जाती किटानी गरी जातियतालाई पृष्ठपोषण हुने धारको विकास गर्नु तथा स–साना इकाइमा गुटबन्दीका अभ्यास हो भन्ने हाम्रो ठम्याई हो ।”

संघले सचिव आलेले दिएको अभिव्यक्ति माथि सत्य तथ्य छानवीन गर्न माग समेत गरेका छ । “जातिगत अभिव्यक्तिबारे छानविन समिति गठन गरेर दोषी उपर छानविन गरी कांग्रेसको विधान अनुसार कारवाही अघि बढाउन संघले कांग्रेसको जिल्ला समिति समक्ष अनुरोध छ,” निवेदनमा उल्लेख छ ।

संघमा आबद्ध प्राध्यापकहरुले आलेमाथि छानबिन गरी उचित कार्वाही नगरे उनी उपस्थित कुनै पनि कार्यक्रममा सहभागि नहुने बताएका छन् ।

शिक्षक नियुक्तिमा कर्ण पुलामीलार्इ नियुक्त गर्नु पर्ने दबाब रहेकाे स्राेतकाे भनार्इ छ । यसैबिच कारबाहीकाे उजुरी परेका अालेले भने अाफूले कुनै दबाब नदिएकाे भन्दै अाफ्नाे बचाउ गरेका छन् ।  मैले कुनै दबाब र जातीयताकाे कुरा उचालेकाे छैन् –अालेले भने याे व्यक्तिगत इगाे साध्ने काम भएकाे हाे ।

तर बाैद्दिक वर्ग मानिने प्राध्यापकहरूले दिएकाे एक पन्ने उजुरीमा भने अालेले जातीयताकाे कुरा उचालेर कांग्रेस पार्टीकै बदनाम गरेकाे उल्लेख छ । याे निवेदन पुस १४ गतेकाे मितिमा उनिहरूले पार्टीमा बुझाएका छन् ।

कुरा फेर्दे संघ

यहाँ रमाइलाे के छ भने १४ गते उजुरी दिएकाे प्रजातन्त्रवादी प्राध्यापक संघले अाज १८ गते याे समाचार तयार बनाउँदा अर्काे विज्ञप्ती जारी गरेका छन् । १४ गते पाँच शिक्षण सहायक अनिल अधिकारी, बेनुबहादुर कार्की, भूमिकुमार नेपाल, निमा शेर्पा र चन्दन कटवालले उजुरीमा हस्ताक्षर गरेका थिए ।

अाज संघका अध्यक्ष अनिल अधिकारी र सचिव बेनुबहादुर कार्कीले हस्ताक्षर गरेकाे विज्ञप्तीमा १४ गते अाफैंले हस्ताक्षर गरेकाे उजुरीकाे खण्डन गरेका छन् । अहिले भने अालेकाे गतिविधिकाे समाचार प्रकाशित भएपछि अाफूहरूकाे कुनै संलग्नता नरहेकाे भन्दै अाफ्नाे उजुरीकाे अाफैं खिल्ली उडाएका छन् ।

यसबिचमा अालेले व्यक्तिगत रिसिइबीका कारण समाचार प्रकाशित भएकाे भन्दै विज्ञप्ती जारी गरेपछि उनिहरू डराएकाे बुझिएकाे छ । खासमा उजुरी दिने शिक्षकहरूले त्रि वि सेवा अायाेगमा नाम निकालेकाे र अालेले अब उनिहरू विरूद्द अदालतमा मुद्दा दर्ता गराउने डर देखाएपछि अात्तिएकाे स्राेतकाे दाबी छ ।

उजुरी दिने शिक्षकहरूकाे केही महिनापछि अन्तर्वार्ता छ भने मुद्दा दर्ता भयाे भने बरबादै हुन्छ भन्दै विज्ञप्ती मार्फत नै भए पनि याे बिषयबाट हात झिक्नुपर्छ भनेर विज्ञप्ती निकालेकाे कांग्रेसभित्रकै गाेप्य स्राेतले जानकारी दियाे ।

नेता र पत्रकारबिच अाराेप प्रत्याराेप

यसैबिच कांग्रेस नेता अालेले पत्रकार तिर्थराज बस्नेतले व्यक्तिगत इगाे साध्न समाचार लेखेकाे अाराेप लगाएका छन् । पत्रकार बस्नेतले भने अाफूले स–प्रमाण पत्रकारिताकाे धर्म अनुरूप समाचार सम्प्रेषण गरेकाे दाबी गरेका छन् । बस्नेत कांग्रेस निकट नेपाल प्रेस युनियन भाेजपुरका सभापति हुन् ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्