धनगढीमा टिभिएस अपाचेको नयाँ मोडल ‘आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक


 


धनगढी, वैशाख ११ । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले मंगलबार अपाचेको नयाँ मोडल ‘अपाचे आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक गरेको छ ।

टिभिएस मोटर्स नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सार्वजनिक गरेको टिभिएस अपाचेको नयाँ मोडल अपाचे आरटीआर १६०–टूभी रिफ्रेस धनगढीमा पनि एक कार्यक्रकको आयोजना गर्दै पनि बिक्रीका लागि सार्वजनिक गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित्त ट्राफिक प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक सई शिद्धिगणेश शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले संयुक्त रुपमा मोटरसाइकलको कभर उघारेर सार्वजनिक गरेका हुन् ।

बजारको माग र युवाहरुको चाहना अनुरुप कम्पनिले टिभिएस अपाचे आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न फिचरहरु थप गरेको छ । टिभिएस अपाचे आरटीआर १६० टू भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको छ । जस्ले सेग्मेन्टकै उच्चतम १४.४ पीएस पावर र १३ एनएम टर्क जेनेरेट गर्छ ।

टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स्ट नोटिफीकेसन जस्ता सुविधाको प्रयोग गर्न पाउनेछन् । साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्षक एलईडी हेडल्याम्प र सिग्नेचर एलईडी टेल ल्याम्पले मोटरसाइकल सुसज्जित रहेको बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले बताए ।

टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, रेडर, अपाचे, एन्टर्क, आईक्युब, जस्ता उत्कृष्ट बाईक तथा स्कुटरहरु उपलब्द गराउँदै आएको छ । टिभिएस बाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ राम्रो प्रभाव पार्न सफल बनेको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्